Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

हिरासतमा यातना दिएको आरोपमा तीन प्रहरी निलम्बित

हिरासतमा यातना दिएको आरोपमा तीन प्रहरी निलम्बित

  • मंगलवार, भाद्र १६ २०७७

  • 950
    SHARES

  • हिरासतमा यातना दिएको आरोपमा तीन प्रहरी निलम्बित

    काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

    प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियाँ निलम्बनमा परेका हुन् ।

    प्रदेश –२ प्रहरी कार्यालयका प्रमुख डिआइजी धीरजप्रताप सिंहले तीन जनालाई निलम्बन गरिएको बताउनुभयो । घटनाबारे थप छानविन भइरहेको उहाँको भनाइ छ ।

    गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घटनाको छानविन भइरहेको छ ।

    छानविन समितिमा प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एक एसपी सदस्य छन् ।

    इलाका प्रहरी प्रकरण सार्वजनिक भएपछि डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश –२ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो । हाल उनको ठाउँमा डिएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।

    गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।

    १९ वर्षीय महराको शरीरभरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका थिए ।

     


    मंगलवार, भाद्र १६ २०७७०४:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij