Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले टुंग्यायो समानुपातिक उम्मेदवार, यस्तो छ सूची

एमालेले टुंग्यायो समानुपातिक उम्मेदवार, यस्तो छ सूची

  • आइतवार, आश्विन २ २०७९

  • 2.0K
    SHARES

  • एमालेले टुंग्यायो समानुपातिक उम्मेदवार, यस्तो छ सूची

    काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ ।

    आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२, खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुरुष) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको जानकारी दिनुभयो ।

    त्यस्तै प्रदेश नम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ ।

    लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् ।

    सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् । छनोट गरेका नामहरूमा असोज १६ गतेसम्म फेरबदल हुनसक्ने एमालेले जनाएको छ ।


    आइतवार, आश्विन २ २०७९०६:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij