Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमन नभएर के हो ? : प्रचण्ड

ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमन नभएर के हो ? : प्रचण्ड

  • शनिवार, आश्विन १ २०७९

  • 558
    SHARES

  • ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमन नभएर के हो ? : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनु भएको छ।

    शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको । एमाले अध्यक्ष ओलीले संसद् विघटनको बचाउ गरिरहँदा दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    ’प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै,’ प्रचण्डले भन्नुभयो।

    नेता ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी भएको बताउनु भएको थियो ।

     


    शनिवार, आश्विन १ २०७९०४:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij