Nov 20 2026 | २०८३, मंसिर ५ गते

२०८३, मंसिर ५ गते
  • यो साता चर्चामा :
images

कांगेसका सह–महामन्त्रीलाई समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा

कांगेसका सह–महामन्त्रीलाई समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा

  • बिहिवार, भाद्र ३० २०७९

  • 721
    SHARES

  • कांगेसका सह–महामन्त्रीलाई समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा

    काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ ।

    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो ।

    कांग्रेस सहमहामन्त्री जीवन परियारले क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न गर्न भनिएको बताउनुभयो।

    उहाँका अनुसार सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस–आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने छन् ।

     


    बिहिवार, भाद्र ३० २०७९०७:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij