Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

शीर्ष कहलिएका नेतामा व्यक्तिगत कुण्ठा, के उभो लाग्नु देश (खासखबर)

शीर्ष कहलिएका नेतामा व्यक्तिगत कुण्ठा, के उभो लाग्नु देश (खासखबर)

  • बिहिवार, भाद्र ३० २०७९

  • 594
    SHARES

  • शीर्ष कहलिएका नेतामा व्यक्तिगत कुण्ठा, के उभो लाग्नु देश (खासखबर)

    काठमाडौं । मुलुकमा स्थायित्व, अमनचयन, विकासको प्रत्याभूति दिने लक्ष्य लिएका राजनीतिक दलहरुले बाटो बिराउँदा अहिले राजनीतिप्रति युवाको आर्कषण र परिवर्तनको संकेत गरेको छ ।

    यसअघि दुईतिहाई नजिक बहुमत पाएको नेकपाले स्थायित्व दिन नसक्दा पाँचवर्ष नबित्दै गठबन्धनको सरकार बन्यो । पाँचदलीय गठबन्धनले तत्कालीन नेकपा अध्यक्ष तथा हालका एमाले अध्यक्ष केपी शर्मा ओली र उनी नेतृत्वको सरकारलाई प्रतिगमनकारीको संज्ञा दिए ।

    संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर पटकपटक संसद विघटन गरेको भन्दै ओलीको आलोचना भयो । हुनपनि बहुमत नजिकको सरकार र पार्टीलाई ओलीले टिकाउन सकेनन् । प्रचण्ड–माधव–ओलीको जुँगाको लडाइँले हालपनि कतिपय नेता, कार्यकर्ताहरु घर न घाटका भएका छन् । पछिल्लो समय हेर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संकटको राजनीतिबाट गुज्रिएका छन् । ठूलो महत्वकांक्षाले सिंगो मुलुकको राजनीतिलाई नै मोड्न सक्ने प्रचण्ड अहिले पनि ओलीसँग आरोप प्रत्यारोपमा लागिरहेका भेटिन्छन् ।

    ओली के कम, कुन नेताले आफ्नोबारेमा कहाँ कसरी बोलिरहेको छ सबै हेक्का राख्छन् । काठमाडौंमा आयोजित आजकै कार्यक्रममा ओलीले प्रचण्डलाई नजिक ल्याउँदा बिष बमन गरेको भन्न भ्याउनुभयो ।

    ओली प्रचण्डसँग मात्रै खनिएनन् । आफ्नो विगत सम्झिँदै तत्कालीन एमालेका अध्यक्ष माधवकुमार नेपालको चरित्रका बारेमा पनि बोल्न भ्याए ।

    वर्षौदेखि मुलुकमो बागडोर सम्हालेर बसेका नेताहरुको यो दुर्गति देख्दा नागरिक र आम मतदाता आजित भएका छन् । आफू कसरी सत्तामा पुग्ने, पद कसरी बचाउने, चलखेलमा कसरी उत्रिने बाहेक पाका नेताहरुले अर्को चरित्र प्रदर्शन गर्न सकेनन् । हाल त्यहीँ स्कुलिङमा रहेका यूवा नेताहरुमा पनि खासै परिवर्तन हुन सकेको छैन ।

     


    बिहिवार, भाद्र ३० २०७९०७:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij