Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसदको अवधि सकिएलगत्तै महाभियोग स्वतः निष्क्रिय हुन्छ : थापा

संसदको अवधि सकिएलगत्तै महाभियोग स्वतः निष्क्रिय हुन्छ : थापा

  • बिहिवार, भाद्र ३० २०७९

  • 623
    SHARES

  • संसदको अवधि सकिएलगत्तै महाभियोग स्वतः निष्क्रिय हुन्छ :  थापा

    काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संसद्को समयावधि सकिनेबितिकै प्रधानन्यायाधीशमाथिको महाभियोग स्वतः निष्क्रिय हुने बताउनु भएको छ।

    महाभियोग राजनीतिक कारणले लगाइएको दाबी गर्दै थापाले ललिता निवास प्रकरण, संसद् पुनःस्थापना र नेकपा (एस)का सासंद सम्बन्धी मुद्दाका विषय लिएर महाभियोग लगाइएको दाबी गर्नुभयो।

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले महाभियोग सिफारिस समितिमा महत्वपूर्ण र संवेदनशील विषय उठाएको भन्दै थापाले जबराले उठाएको विषयलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो।

    सप्तरीको राजविराजमा बिहीबार संचारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष थापाले हिन्दु राज्यको पुनःस्थापना आफ्नो पार्टीको मूल एजेन्डा भएको दोहो¥याउनु भएको छ।

    राजा र राजसंस्थाप्रति सम्मान रहे पनि राजसंस्था पुनःस्थापना अब आफ्नो एजेन्डा नभएको बताउनु भएको छ।

    प्रत्येक नेपाली नागरिकले नागरिकता पाउनुपर्ने तथा जन्मसिद्धका सन्तानले वंशज आधारमा नागरिकता पाउनुपर्नेमा आफू सहमत रहे पनि वैवाहिक अंगीकृतको हकमा भने केही समय तोक्नुपर्ने थापाको तर्क छ ।

     


    बिहिवार, भाद्र ३० २०७९०७:०६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij