Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

डेंगु संक्रमितको सङ्ख्या १२ हजार २१७ पुग्यो

डेंगु संक्रमितको सङ्ख्या १२ हजार २१७ पुग्यो

  • बिहिवार, भाद्र ३० २०७९

  • 485
    SHARES

  • डेंगु संक्रमितको सङ्ख्या १२ हजार २१७ पुग्यो

    काठमाडौं । नेपालमा डेंगुका बिरामी नेपालमा १२ हजार २१७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

    सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार ३०४ जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय ४७, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३ सय ८०, गण्डकीमा २ सय ४५, मधेश प्रदेशमा २२३ र कर्णाली प्रदेशमा १८४ जनामा डेंगु संक्रमण देखिएको छ।

    हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ। ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।

     


    बिहिवार, भाद्र ३० २०७९०५:३४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij