काठमाडौं। धेरै बर्ष देखि गायव भएको काठमाण्डौँको ऐतिहासिक टुकुचा खोला भेटिएको छ। वडा नम्बर-१ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै नभेटिएको अवस्थामा महानगरले चलाएको डोजरले विहिबार निसाना भेटाएको हो। महानगरको टोली टुकुचा खोला खोज्न आज त्यहाँ पुगेको थियो।
डोजरले करिब १५ फिट गहिरो खाल्डो खनेपछि टुकुचा खोला भेटिएको डोजरले खनेको दृश्यमा भेटिन्छ।
३५ दिने सूचना जारी गरेर महानगरपालिकाले अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेपछि विहिबार डोजर चलेको वडा नम्बर १ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले बताउनुभयो।