Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले मलाई सिध्याउन खोजेः ओली

प्रचण्डले मलाई सिध्याउन खोजेः ओली

  • बिहिवार, भाद्र ३० २०७९

  • 657
    SHARES

  • प्रचण्डले मलाई सिध्याउन खोजेः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको बताउनुभएको छ ।

    राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपाकालीन अवस्थामा कार्यकारी अध्यक्षको पद दिएपछि प्रचण्डले आफूमाथिनै घात गरेको बताउनुभएको हो । माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाउँ बलियो वामपन्थी शक्ति बनाउँ भनेर अध्यक्ष बनाउँदै नजिक राखेँ। म एकता एकीकरण भन्ने तर प्रचण्डले मैले दिएको वरदान प्रयोग गरेर मलाई साधारण सदस्यबाट निकाले मलाई भष्म बनाउन खोजे।’

    प्रचण्डले अँगालो मारेर छुरा प्रहार गरेको ओलीको टिप्पणी छ।


    बिहिवार, भाद्र ३० २०७९०३:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij