Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्छौँ : थपलिया

उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्छौँ : थपलिया

  • बिहिवार, भाद्र ३० २०७९

  • 412
    SHARES

  • उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्छौँ : थपलिया

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिनुभएको छ ।

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताउनुभएको हो। कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उहाँको भनाइ छ ।

    यसका लागि उमेदवारले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उहाँले निर्वाचनमा भाग उम्मेदवारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताउनुभयो ।


    उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको भन्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणादेखि मतपरिणम घोषणापछि विजयी उम्मेदवारले गर्ने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकाले यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताउनुभयो ।

    दलका उमेदवारले सामाजिक सञ्जालमा कति खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै उहाँले पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताउनुभयो ।

    १० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन पर्यवेक्षकले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । प्रशिक्षण कार्यक्रममा ७७ जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागी छन् ।


    बिहिवार, भाद्र ३० २०७९०२:०१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij