Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको पिडा- करोडौंको बीचमा एक्लो महसुस हुन थालेको छ

प्रचण्डको पिडा- करोडौंको बीचमा एक्लो महसुस हुन थालेको छ

  • मंगलवार, भाद्र २८ २०७९

  • 757
    SHARES

  • प्रचण्डको पिडा- करोडौंको बीचमा एक्लो महसुस हुन थालेको छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करोडौँ मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको पीडा व्यक्त गर्नुभएको छ ।

    माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाउनुभएको हो ।

    ‘जीवनको आनन्द अनुभुती भनौं या जीवनबोध त्यतिबेला जो गर्वको साथ आफ्नो जीवनको औचित्य र अर्थ परिभाषित गर्थौं, अनुभुत गर्थौं अहिले हामीलाई गाह्रो परिरहेको छ यो जीवनको सार्थकता, त्यसको औचित्य, त्यसको गर्वबोध गर्न।’ उहाँले भन्नुभयो, ‘अहिले हामी लाखौं, करोडौं मान्छेका बिचमा छौं तर एक्लोएक्लो महशुस हुन्छ आजभोलि कहिलेकाहीँ।’

    उहाँले आधुनिक नेपाल निर्माणमा जनयुद्धको ठूलो महत्व रहेको पनि स्मकरण गराउनुभयो ।

    साथै अध्यक्ष प्रचण्डले सांसद किराँती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘राजनीतिमा मन्त्री या राष्ट्रपति अब सुदनका निम्ति ठूलो कुरा रहेन। माननीय हुनुहुन्छ, मन्त्री त भई नै हाल्नुहुन्छ। हुनसक्छ, राष्ट्रपति पनि हुने नजिकै छ। यो कुरा मैले प्रष्ट देखेको छु।’


    मंगलवार, भाद्र २८ २०७९०७:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij