Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्युठानमा जनप्रतिनिधि र जनताबीच झडप, यस्तो छ कारण

प्युठानमा जनप्रतिनिधि र जनताबीच झडप, यस्तो छ कारण

  • सोमवार, भाद्र १५ २०७७

  • 874
    SHARES

  • प्युठानमा जनप्रतिनिधि र जनताबीच झडप, यस्तो छ कारण

    प्युठान । प्युठानको झिमरुक गाउपालिका वडा नम्बर –३ ले वडा कार्यालयको भवन निर्माणका लागि झिमरुक गाउँपालिका –३ डाडाडीमा सार्वजनिक जग्गामा घडेरी खनेपछि स्थानीयहरुले विरोध जनाएका छन् ।

    स्थानीयले विरोध जनाएपछि भदौ १४ गतेका लागि स्थानीय सरकारले वडास्थित छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको बैठक बोलाई छलफल गर्न थालेको थियो । तर, छलफलकै कर्ममा जनप्रतिनिधि र स्थानीयबीच भनाभन र हातपातको स्थिति आएको छ ।

    ‘जनप्रतिनिधिले नै कानुनको धज्जी उडाउँदै सार्वजनिक जग्गा अतिक्रमण गरेर वडा कार्यालयको भवन निर्माण गर्न लागेपछि त्यसको विरोध हामीले गरेका हौं । सोही क्रममा बैठकमै जनप्रतिनिधिले स्थानीय जनतालाई हातपात गरेका हुन्’, कांग्रेस नेता पोख्रेलले भन्नुभयो ।

    कोरोना भाइरस संक्रमितहरु प्युठानमा समुदायस्तरमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यलय, प्युठानले निषेधाज्ञा जारी गरेको थियो ।

    यसरी जनप्रतिनिधिले नै नियमको उल्लंघन गर्दै सयौं मानिस छलफलमा उतार्दा महामारीको जोखिम बढ्ने संभावना रहेको स्थानीयहरु बताउँछन् ।सार्वजनिक जग्गामा स्थानीय तहको भवन बनाउन लागेको भन्दै झिमरुक –३ को नेकपा र नेपाली कांग्रेसको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले जिल्ला प्रशासन कार्यलय, प्युठानमा उजुरी दर्ता गर्ने निर्णय गरेको नेकपा नेता पदम खड्काले बताउनुभयो ।

    यता, वडाअध्यक्ष मिनबहादुर केसी भने भवन निर्माणका लागि तीन रोपनी जग्गा स्थानीयले दिएको दाबी गर्दै सोही स्थानमै वडा कार्यालय बनाएरै छाड्ने अडान लिएका छन् ।

     


    सोमवार, भाद्र १५ २०७७०५:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij