Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सकियो सत्तागठबन्धन बैठक, यस्तो भयो छलफल

सकियो सत्तागठबन्धन बैठक, यस्तो भयो छलफल

  • आइतवार, भाद्र २६ २०७९

  • 280
    SHARES

  • सकियो सत्तागठबन्धन बैठक, यस्तो भयो छलफल

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ ।

    भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताउनुभयो ।

    ‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उहाँले भन्नुभयो, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।’

    बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘भोलि हामी सकेसम्म टुंगो लगाउँछौं । केही केही बाँकी रहे अगाडि जाला । तर, अधिकांश विषय भोलि टुंग्याउँछौं ।’


    आइतवार, भाद्र २६ २०७९०१:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij