Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

  • आइतवार, भाद्र २६ २०७९

  • 467
    SHARES

  • बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुग्नुभएको छ । अब केहीबेरमा बयान सुरु हुनेछ।

    प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ।

    यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

    जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। त्यसलगत्तै जबरा निलम्बित हुनुभएको थियो ।

    जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।
    जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुनः बस्न लागेको हो।

    बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ प्रश्न मात्रै जबरालाई सोधिएको छ।


    आइतवार, भाद्र २६ २०७९१२:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij