Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त

  • शनिवार, भाद्र २५ २०७९

  • 519
    SHARES

  • बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    आज बिहान काठमाडौंस्थित बेलायती दुतावास पुगेर प्रधानमन्त्री देउवाले एलिजाबेथको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

    देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।
    बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरमा बिहीवार निधन भएको हो।

    बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गर्नुभएकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उहाँ सन् १९५२ मा बेलायतकी महारानी बन्नुभएको थियो। उहाँको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बन्नुुभएको छ ।

     


    शनिवार, भाद्र २५ २०७९१२:५९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij