Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकले आजदेखि पठायो बजारमा नयाँ नोट

नेपाल राष्ट्र बैंकले आजदेखि पठायो बजारमा नयाँ नोट

  • बिहिवार, भाद्र २३ २०७९

  • 600
    SHARES

  • नेपाल राष्ट्र बैंकले आजदेखि पठायो बजारमा नयाँ नोट

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

    बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिनुभयो ।

    यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले जानकारी दिनुभयो ।

    सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहो¥याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने नेपालले बताउनुभयो ।

    बैंकमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताउनुभयो ।

    सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।


    बिहिवार, भाद्र २३ २०७९०१:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij