Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

  • सोमवार, भाद्र १५ २०७७

  • 1.3K
    SHARES

  • कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो :  प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मात्रले पार्टी नबन्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा आज प्रचण्डले पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो भन्नुभएको छ।

    ‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ प्रचण्डको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।

    प्रचण्डको ट्वीट के सन्दर्भमा आएको र कसप्रति लक्षित भन्ने उल्लेख छैन । स्थायी कमिटी बैठकसँगै सुरु भएको पार्टी भित्रको विवाद अहिले केही मत्थर भएको छ ।

    महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले नेकपा विवाद समाधानका लागि प्रतिवेदन तयार गरेपछि लामो समय चलेको अन्तरकलह साम्य हुने चरणमा छ ।


    सोमवार, भाद्र १५ २०७७०१:१९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij