Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहकी नेतृ उमा भुजेल र नेता सुमनसिंह रिहा, पुनः पक्राउ गर्ने प्रहरीको याजना विफल

विप्लव समूहकी नेतृ उमा भुजेल र नेता सुमनसिंह रिहा, पुनः पक्राउ गर्ने प्रहरीको याजना विफल

  • सोमवार, भाद्र १५ २०७७

  • 1.6K
    SHARES

  • विप्लव समूहकी नेतृ उमा भुजेल र नेता सुमनसिंह रिहा, पुनः पक्राउ गर्ने प्रहरीको याजना विफल

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा उनीहरुलाई हिजो साँझ रिहा गरेको हो ।

    यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।उक्त रिटको आधारमा सर्वाेच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि त्यहाँबाट उनीहरु दुवै रिहा भएका हुन् ।

    पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् ।

    शिक्षक अपहरण आरोपमा विप्लव नेकपाकै ८ कार्यकर्तालाई पक्राउ

    शिक्षक अपहरणमा संलग्न भएको आरोपमा विप्लव नेकपाकै ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाको महादेवडाँडाबाट पक्राउ गरी उनीहरुलाई प्रहरीले आज बिहान सदरमुकाम ल्याएको हो ।

    सात जना पुरुष लाई हिजो फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट र एक जना महिलालाई अस्ति दिउँसो तीनपाटन गाउँपालिका–८ लायोगाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुबाट पाँचथान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    तीन पाटन गाउँपालिका–८ तिल्पुङ्गडाँडाको भिमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई शनिबार अपहरण गरी भाग्ने क्रममा उनीहरुलाई घेरा हाली पक्राउ गरिएको डीएसपी क्षेत्रीले बताउनुभयो ।


    सोमवार, भाद्र १५ २०७७१२:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij