Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

सन्दीप लामिछानेलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

  • बुधवार, भाद्र २२ २०७९

  • 657
    SHARES

  • सन्दीप लामिछानेलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

    काठमाडौं। नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनको तयारी गरेको छ। मुद्दा किनारा नलागेसम्म नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्नेको लागि क्यानले आकस्मिक बैठक बोलाएको छ।

    क्यानका अध्यक्ष चतुरबहादुर संघले बैठकमा यस विषयमा निर्णय लिने बताए। कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएसँगै रोहितले नेपालको कप्तानी गरिरहेका छन्। अब उनैलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। क्यानले गत वर्षको मंसीरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो। २९ मंसिर २०७८ मा सन्दीप कप्तान नियुक्त भएका थिए। ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरू अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेपछि सन्दीपले मौका पाएका थिए।

    सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरूको सूचीमा उनी एक नम्बरमा छन्।

    सन्दीप अहिले नेपालमा छैनन्। उनी ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

     


    बुधवार, भाद्र २२ २०७९१२:३७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij