Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

  • सोमवार, भाद्र २० २०७९

  • 483
    SHARES

  • केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली केन्याले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।

    यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।

    नेपालका सोमपाल कामी र आदील अन्सारीले २र२ विकेट लिए । वसिर अहमद र शाहब आलमले १र१ विकेट लिए । आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

    यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

    नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।


    सोमवार, भाद्र २० २०७९०४:१४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij