Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने

राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने

  • सोमवार, भाद्र २० २०७९

  • 533
    SHARES

  • राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने

    काठमाडौं । यो वर्षको दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

    सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो ।

    गतवर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

    चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि पब्लिक (सर्वसाधारण)बाट नयाँ नोटको माग धेरै आउने गरेको छ ।

    राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने नेपालले बताउनुभयो ।


    सोमवार, भाद्र २० २०७९०१:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij