काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै सामाजिक सञ्जालबारे यस्तो धारणा राख्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने–सिकाउने, सत्य र न्यायको पक्षमा उभिने, शोषित, उत्पीडित तथा विभेदमा परेकाहरुकोे पक्षमा पैरवी गर्ने बताउनुभएको छ । साथै, उहाँले बुझेर पनि बुझ पचाउने र नबुझ्ने तथा बुझ्न नचाहनेदेखि टाढै बस्ने प्रतिबद्धता जनाउनुभएको छ ।
‘सामाजिक सञ्जालबारे मेरो प्रतिबद्धताः अरूबाट सिक्ने, आफूले जानेको बाँड्ने । सत्य र न्यायको पक्षमा उभिने । शोषित र उत्पीडित तथा विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने’, उहाँले लेख्नुभएको छ, ‘जाइ नलाग्ने, आइलाग्नेलाई नछोड्ने । बुझेर बुझ पचाउने ठग र नबुझ्ने तथा बुझ्न नचाहने मूर्खदेखि टाढै बस्ने ।’
