Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गठबन्धनबारे एमालेले भ्रम सिर्जना गर्यो :महत

गठबन्धनबारे एमालेले भ्रम सिर्जना गर्यो :महत

  • आइतवार, भाद्र १९ २०७९

  • 568
    SHARES

  • गठबन्धनबारे एमालेले भ्रम सिर्जना गर्यो :महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका विषयमा नेकपा एमालेले भ्रम सिर्जना गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको छ।

    उहाँले फरक–फरक विचारको नेतृत्व गर्ने दलहरूबीचमा हुने सहकार्यलाई सिद्धान्तच्युत भएको भनेर बुझ्न नमिल्ने दाबी गर्नुभयो।

    काठमाडौंमा पत्रकारसंग कुराकानी गर्दै प्रवक्ता महतले विगतमा जनयुद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कांग्रेस नै रहेको कुरालाई नभुल्न आग्रह गर्नुभयो।

    उहाँले लोकतान्त्रिक शक्तिहरूको गठबन्धनलाई प्रश्न उठाउने एमालेले आफूले गरिरहेका गठबन्धनलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।

     


    आइतवार, भाद्र १९ २०७९०७:३३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij