Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

  • आइतवार, भाद्र १९ २०७९

  • 634
    SHARES

  • राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आइतबार (आज ) बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताउनुभयो ।

    आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उहाँले सुनाउनुभयो । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उहाँले बताउनुभएको छ ।

    राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भने लेखेर दिन पनि तयार छु ।’


    आइतवार, भाद्र १९ २०७९०३:२६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij