Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले आफताब आलमलाई उम्मेदवार नबनाउने

कांग्रेसले आफताब आलमलाई उम्मेदवार नबनाउने

  • शुक्रवार, भाद्र १७ २०७९

  • 479
    SHARES

  • कांग्रेसले आफताब आलमलाई उम्मेदवार नबनाउने

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने संकेत गर्नुभएको छ ।

    साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाउनुभएको थियो ।

    ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उहाँले भन्नुभएको थियो ।’

    उहाँपछि बोलेका कांग्रेस महामन्त्री थापाले आलमको नाम त लिएनन्, तर नैतिकताको प्रश्न उठेकालाई समेत सांसद नबनाइने बताउनुभएको थियो । थापाले भन्नुभयो, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’

    कांग्रेसको रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०५:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij