Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए एक हजार दुई सय २१ जना कोरोना संक्रमित, २६७ डिस्चार्ज

एकैदिन थपिए एक हजार दुई सय २१ जना कोरोना संक्रमित, २६७ डिस्चार्ज

  • आइतवार, भाद्र १४ २०७७

  • 655
    SHARES

  • एकैदिन थपिए एक हजार दुई सय २१ जना कोरोना संक्रमित, २६७ डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ३४८ महिला र ८७३ पुरुष गरी कूल एक हजार २२१ जना संक्रमित थपिएका हुन् ।

    संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।


    आइतवार, भाद्र १४ २०७७०४:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij