Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा

  • शुक्रवार, भाद्र १७ २०७९

  • 321
    SHARES

  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणका लागि सरकारले ल्याएको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ (तेस्रो संशोधन) विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेका थिए ।

    उहाँले प्रमुख प्रतिपक्षका सांसदले गरेको मागबमोजिम नै आफूले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेको बताउनुभयो।

    विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले यो निकै महत्त्वपूर्ण विधेयक भएको, सरोकारवालाले चासो देखाएको टिप्पणी गर्दै समितिमा छलफल गराई सबैलाई स्वीकार्य हुने गरी अघि बढाउन माग गरेकाले आफूले सोहीअनुसार विधेयकलाई समितिमा पठाउन प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

     


    शुक्रवार, भाद्र १७ २०७९०२:३८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij