Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो असहमति छैन : प्रचण्ड

गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो असहमति छैन : प्रचण्ड

क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँट हुन्छ
  • शुक्रवार, भाद्र १७ २०७९

  • 578
    SHARES

  • गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो असहमति छैन : प्रचण्ड
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबन्डा मिलाउने तयारी भइरहेको बताउनुभएको छ । 
     
    आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गर्नुभयो । 
     
    सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गर्नुभयो । 
     
    यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने  गरी तयारी भइरहेको बताउनुभयो । 
     
    एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गर्नुभयो ।
     


    शुक्रवार, भाद्र १७ २०७९११:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij