Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दलहरूले बढी सिट लिन खोज्दा बाँडफाँटमा सकस परिरहेको छ : मीन विश्वकर्मा

दलहरूले बढी सिट लिन खोज्दा बाँडफाँटमा सकस परिरहेको छ : मीन विश्वकर्मा

  • शुक्रवार, भाद्र १७ २०७९

  • 667
    SHARES

  • दलहरूले बढी सिट लिन खोज्दा बाँडफाँटमा सकस परिरहेको छ : मीन विश्वकर्मा
    काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सबै दलहरूले आफ्नो पार्टीलाई बढी भन्दा बढी उम्मेदवारीको अवसर प्राप्त गर्न खोज्दा गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेको बताउनुभएको छ । 
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचेतक विश्वकर्माले अब चाँडै सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गर्नुभएको छ ।
     
    उहाँले उम्मेदवार छनोट गर्दा कुन पार्टी सशक्त छ, कुन पार्टीको हैसियत कुन ठाउँमा कस्तो छ र कुन पार्टीको उम्मेदवार बढी भयो गठबन्धनले जित्छ भन्ने ख्याल गर्नुपर्ने बताउनुभयो ।
     
    उहाँले गठबन्धन भएको डेढ वर्ष भइसकेको र एक दलले अर्काेदलका नेतालाई अन्तरंग बुझेकाले अब छिट्टै सिट  बाँडफाँटको कुरा मिल्ने दाबी गर्नुभयो ।
     
    यस्तै फरक प्रसंगमा उहाँले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा अहिले समितिको अर्जुन दृष्टि रहेको बताउनुभएको छ । उहाँले तोकिएको समय भन्दा अगाडि नै समितिले काम सक्ने पनि दाबी गर्नुभएको छ ।
     
    बुधबार र बिहीबार जबरासँग बयान लिएको महाभियोग सिफारिस समितिले अब आइतबार बयान लिने छ । बयानका लागी ४३ वटा प्रश्न तयार पारिएको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०८:४८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij