Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठक आज पनि बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभा बैठक आज पनि बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

  • शुक्रवार, भाद्र १७ २०७९

  • 610
    SHARES

  • राष्ट्रिय सभा बैठक आज पनि बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी
    काठमाडौं ।  नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथिको छलफल तथा पारितका लागि शुक्रबार(आज) पनि राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
     
    विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएपछि आज पनि छलफल जारी रहने सम्भावित कार्यसूची छ । 
     
    राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसअघि हिजो नै विधेयक पारित गर्ने कार्यसूची रहेपनि छलफल लम्बिएपछि पारित भएन । 
     
    राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बोल्ने सांसदहरूका लागि समय नतोकी खुला छोडेपछि हिजो विधेयकमाथि सांसदहरूले विचार राख्ने क्रम नै सकिएन । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो । 
     
    राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे  टिप्पणी गरेर उक्त विधेयक संसदमा फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको थियो ।  
     
    आज बाँकी सांसदहरूले आफ्नो कुरा राखेपछि विधेयक पारितको प्रक्रियामा जाने छ । राष्ट्रिय सभाबाट पारित भएपछि यसलाई पुनः प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालय पठाइने छ । राष्ट्रपतिले प्रमाणित गरेपछि यो लागू हुने छ । सरकारले मंसिर ४ गते हुने निर्वाचन अघि यसलाई पारित गरेर  निर्वाचनमा होमिने तयारी गरेको छ । 


    शुक्रवार, भाद्र १७ २०७९०८:१३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij