Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

महाअभियोग सिफारिस समितिमा जबराको आक्रोश, राजनीति धेरै भयो (खासखबर)

महाअभियोग सिफारिस समितिमा जबराको आक्रोश, राजनीति धेरै भयो (खासखबर)

  • बिहिवार, भाद्र १६ २०७९

  • 742
    SHARES

  • महाअभियोग सिफारिस समितिमा जबराको आक्रोश, राजनीति धेरै भयो (खासखबर)

    काठमाडौं । बयानका लागि दोस्रो दिन महाअभियोग सिफारिस समितिमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माबीच ललिता निवासको मुद्दालाई लिएर रोचक सवाल जवाफ भएको छ ।

    आफ्नो बचाउ गर्ने क्रममा जबराले ललिता निवास जग्गा प्रकरणमा फैसला गर्ने दिन तोकेपछि महाअभियोग दर्ता भएको बताउनुभएको थियो । आज पनि उहाँले महाअभियोग प्रस्तावको कुनै अर्थ नरहेको दाबी गरेपछि कांग्रेस सांसद विश्वकर्माले जबरामाथि प्रश्न उठाउनुभएको थियो । पटकपटक पेशी तोक्ने र हेर्न नमिल्ने भनेर सार्ने गरेर जबराले बार्गेनिङ गरेको उहाँको आरोप छ । आजपनि जबराले आफूलाई जोगाउन विश्वकर्माको भनाइ छ ।

    महाअभियोग सिफरिस समिति सदस्य रेखा शर्माका अनुसार जबराले आजपनि महाअभियोगमा हस्ताक्षर गर्नेहरुले नै प्रश्न सोधिरहेको भन्दै असन्तुष्टि जनाएका थिए । समिति सदस्यहरुले नियम, कानून बमोजिम नै जबरामाथि प्रश्न गरिरहेको प्रष्टिकरण दिएका थिए ।

    समिति सदस्य लालबाबु पण्डितले न्यायपालिकाभित्र के राजनीतिक द्वन्द्व पसेको हो भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा जबराले प्रधानन्यायाधीशलाई विभिन्न आक्षेप लगाएर सानो बनाउनाले न्यायाधीशहरुमा महत्वकांक्षा जागेको बताउनुभएको थियो ।

    निलम्बित प्रधानन्यायाधीश जबराले आफू नियम बाहिर नजाँदा चारैतर्फबाट च्यापिएको दाबी गर्नुभएको थियो । न्यायाधीशका गलत प्रवृत्तिमा साथ नदिँदा आफूलाई समस्यामा पारिएको उहाँको भनाइ छ ।

    न्यायपालिका निष्पक्ष हुनु जरुरी छ । पीडामा रहेका नागरिक न्यायको आशा लिएर आउँदा न्यायमूर्तिहरु भगवान बन्नुपर्छ नाकी राक्षस । पछिल्लो समय न्यायालयमा बेतिथि भित्रिएको सहजै अनुमान लगाउन सकिन्छ । राजनीतिक आवरणभित्रका काला कोटधारीहरुले न्यायपालिकालाई नै कब्जामा लिनेसम्मको षडयन्त्र गरेको पाइन्छ । न्यायालयमाथि हुने हस्तक्षेप, दबाबलाई सधैँका निम्ति बन्द गर्न आवश्यक छ ।


    बिहिवार, भाद्र १६ २०७९०६:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij