Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बेपत्ता व्यक्तिको छानविन आयोगले दोहोर्‍यायो पीडितलाई न्याय दिलाउने प्रतिवद्धता

बेपत्ता व्यक्तिको छानविन आयोगले दोहोर्‍यायो पीडितलाई न्याय दिलाउने प्रतिवद्धता

  • आइतवार, भाद्र १४ २०७७

  • 997
    SHARES

  • बेपत्ता व्यक्तिको छानविन आयोगले दोहोर्‍यायो पीडितलाई न्याय दिलाउने प्रतिवद्धता

    काठमाडौं । द्वन्द्वकालिन मुद्धाहरुलाई टुंगो लगाउन बनाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ले पीडिलाई न्याय दिलाउने प्रतिवद्धता दोहोर्‍याएको छ ।

    बेपत्ता परिवारको पीडितको अन्तर्राष्ट्रिय दिवस (अगष्ट ३०)का सन्दर्भमा आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा  आयोगले सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको पीडित परिवारको आफ्नै आयोग रहेको र पीडितमैत्री न्याय, उचित परिपूरण तथा कानुन बमोजिमको दायित्व पूरा गर्नका लागि आयोग प्रतिवद्ध रहेको दोहोर्‍याएको हो ।

    साथै आयोगको गठन पश्चात् विगतका वर्षहरुमा पीडित, सरोकारवाला निकायहरु तथा आयोगको संयुक्त सहभागितामा बेपत्ता परिवारका पीडितको अन्तर्राष्ट्रिय दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना गर्न नगरिएको जनाएको छ ।

    सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको सम्बन्धमा छानविन, सत्य अन्वेषण, परिपूरण सिफारिस, परिचयपत्र वितरण, पीडकलाई कारवाहीका लागि सिफारिस र नीतिगत, संस्थागत, प्रशासनिक तथा व्यवहारिक सुधारको प्रतिवेदन तयार गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग आयोगको गठन भएको हो ।

    आयोगमा हालसम्म दर्ता भएका ३२२३ उजुरीहरु मध्ये २३ उजुरीहरु प्रारम्भिक छानविन तथा २५०७ उजुरीहरु विस्तृत छानविनको क्रममा रहेको पनि आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । पहिलो पटक गठित आयोगको कार्यकाल २०७५ चैत्र मसान्तमा समाप्त भए पश्चात वि.सं.२०७६ माघ ९ बाट नवनियुक्त पदाधिकारीद्वारा आयोगले आफ्नो कार्यभार प्रारम्भ गरेको छ ।

    विज्ञप्तिको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुस् ।

     

     

     


    आइतवार, भाद्र १४ २०७७०२:१२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij