Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

  • बुधवार, भाद्र १५ २०७९

  • 807
    SHARES

  • साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साना दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न तीन सदस्यीय समिति बनाइएको छ ।

    नेता उमाशंकर अरगरियाको संयोजकत्वमा नेताहरू केशव झा र डा. सुरेन्द्र झा सदस्य रहेको समिति गठन गरिएको हो । समितिको काम विशेषगरी मधेस प्रदेश र अरू तराईका जिल्लामा रहेका साना दलहरूसँग आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी तालमेल गर्नु रहेको नेता डा. सुरेन्द्र झाले जानकारी दिनुभयो ।

    “विशेष गरेर मधेस प्रदेश र तराईका जिल्लाहरूमा रहेका अरू राजनीतिक शक्तिहरूसँग चुनावी गठबन्धन गर्न भनेर समिति बनाइएको हो,” डा. झाले भन्नुभयो, “ठूला दलहरूसँग चुनावी गठबन्धनका विषयमा छलफल गर्न अर्को समिति बन्छ ।”

    केही दिनअघि गठित समितिले हालसम्म हृदयेश त्रिपाठी नेतृत्वको दल, सीके राउतको नेतृत्वको दल र रेशम चौधरी नेतृत्वको पार्टीसँग तालमेलका विषयमा छलफल गरेको छ ।

    छलफल सकारात्मक भएको नेता झाले बताउनुभयो ।


    बुधवार, भाद्र १५ २०७९०३:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij