Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

महाअभियोग सिफारिस समितिले आज जबरासँग बयान लिने

महाअभियोग सिफारिस समितिले आज जबरासँग बयान लिने

  • बुधवार, भाद्र १५ २०७९

  • 517
    SHARES

  • महाअभियोग सिफारिस समितिले आज जबरासँग बयान लिने

    काठमाडौं । संघीय संसद्‌को महाभियोग सिफारिस समितिले आज (बुधबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिँदै छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।

    नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

    जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराएको छ ।

     


    बुधवार, भाद्र १५ २०७९०६:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij