Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

समानुपातिकतर्फ निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन

समानुपातिकतर्फ निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन

  • सोमवार, भाद्र १३ २०७९

  • 575
    SHARES

  • समानुपातिकतर्फ निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन

    काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ ।

    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिनुभयो।

    त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । यस्तै मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको अर्यालले जानकारी दिनुभयो ।


    सोमवार, भाद्र १३ २०७९०६:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij