Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सय सिटभन्दा कम लिए कांग्रेसभित्र विद्रोह हुन्छ : कोइराला

सय सिटभन्दा कम लिए कांग्रेसभित्र विद्रोह हुन्छ : कोइराला

  • आइतवार, भाद्र १२ २०७९

  • 629
    SHARES

  • सय सिटभन्दा कम लिए कांग्रेसभित्र विद्रोह हुन्छ : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताउनु भएको छ।

    कांग्रेस क्षेत्रीय समिति मोरङ ६ ले आइतवार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो।

    उहाँले १ सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने प्रष्ट पार्नुभयो। स्थानीय तहमा भएको गठबन्धनले परिणाम राम्रो आए पनि अहिले १ सय सिट भन्दा कममा गठबन्धन गर्न नसकिने उहाँको अडान छ ।

    ‘गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै हो’, नेता कोइरालाले भने, ‘गठबन्धन गर्दा कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन गर्न पनि जोड दिनुपर्छ ।’

    एक सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन ग¥यो भने कांग्रेसभित्र विद्रोह हुने उहाँले चेतावनी दिनुभयो। ‘एक सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन ग¥यो भने कांग्रेसभित्र विद्रोह हुन्छ’, उहाँले भन्न्ुभयो, ‘सबैलाई समेट्ने गरी गठबन्धन गर्नुपर्छ । कांग्रेसलाई बलियो बनाउन सबै क्षेत्रमा कांग्रेसको उम्मेदवार हुनुपर्छ ।’ पार्टीभित्र बेथिति थपिँदै गएको समेत उहाँले बताउनुभयो।

     


    आइतवार, भाद्र १२ २०७९०१:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij