Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियामा अलपत्र परेका १४८ नेपालीको उद्दार

अष्ट्रेलियामा अलपत्र परेका १४८ नेपालीको उद्दार

  • शनिवार, भाद्र १३ २०७७

  • 1.2K
    SHARES

  • अष्ट्रेलियामा अलपत्र परेका १४८ नेपालीको उद्दार

    काठमाडौँ । कोरोना महामारीका कारण अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीहरुलाई उद्दारगरी नेपाल ल्याइएको छ ।

    सितारा ट्राभल्स प्रालीको सक्रियतामा अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिस्बेनलगायतका मुख्य शहरमा रहेका र कोरोनाका कारण समस्यामा परेका विद्यार्थी, भेटघाटमा गएका आफन्त र फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपाली उद्धार उडानमार्फत शनिबार नेपाल आएका हुन् ।

    नेपाल फर्किएका सबैको पिसिआर परीक्षण गरिएको र सबैको रिजल्ट नेगेटिभ आएको थियो । सितारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेका अनुसार उनीहरुलाई अष्ट्रेलियाबाट अगस्त २८ गते सिंगापुर एयरलाइन्समार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले शनिबार दिउसो काठमाडौँ ल्याएको हो ।

    कोरोनाका कारण नेपालमा जस्तै अन्य देशमा समेत नियमित उडान रोकिएका कारण सिंगापुरको सिल्क एयरका नेपाल प्रमुख छिंगी चेन र पर्यटन मन्त्रालयको सहयोगमा उनीहरुलाई नेपाल ल्याउन सफल भएको सितारा ट्राभल्सले जनाएको छ । हाल अष्ट्रेलियामा झन्डै ६० हजारको संख्यामा नेपालीहरु रहेका छन् ।

    अधिकांश नेपाली स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएकाले कोरोना महामारीले रोजगार गुमाएका कारण आर्थिक चपेटामा पर्दै आएका छन् ।


    शनिवार, भाद्र १३ २०७७०४:४२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij