काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो ।
विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताउनुभयो। आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उहाँले बताउनुभयो । समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टको भनाइ छ।