Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वानका नवनिर्वाचित पदाधिकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लबद्वारा सम्मान

वानका नवनिर्वाचित पदाधिकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लबद्वारा सम्मान

  • बुधवार, भाद्र ८ २०७९

  • 772
    SHARES

  • वानका नवनिर्वाचित पदाधिकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लबद्वारा सम्मान
    काठमाडौं । नेपाली रेडियो नेटवर्कले ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत चयन भएका अध्यक्ष कुमार भट्टराईसहित सम्पूर्ण पदाधिकारीहरूलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लब नेपालले बुधबार (आज) संयुक्त रुपमा बधाई दिएको हो।
     
    कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति तथा नेपाल रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले रेडियोमा वानको निकै ठुलो भूमिका भएको बताउनुभएको छ। वानले मिसन र भिजन दुवै पत्रकारिता गर्दै आएको उहाँको भनाई थियो । वानको अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै उहाँले आगामी कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।
     
    नेपाली रेडियो नेटवर्क वानकै सहयोगले देशैभरी गुञ्जिरहेको भन्दै उहाँले आगामी निर्वाचनका लागि नयाँ कार्यसमितिको कार्यकाल कोशेढुंगाा बन्ने टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो,‘आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदै छ, यो एउटा राष्ट्रिय उत्सव पनि हो । वानले महत्त्वपूर्ण भूमिका खेल्नेमा हामी आशावादी छौं।’ अध्यक्ष धमलाले रेडियो नै सबैभन्दा बढी जनताको संकटको माध्यम बताउनुभयो । 
     
    नवनिर्वाचित अध्यक्ष ई.कुमार भट्टराईले आफ्नो नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति निकै बलियो भएको र कार्यकाल सोचेभन्दा सफल हुने स्पष्ट पार्नुभएको छ । २०० बढी रेडियोहरू वानमा आबद्ध रहेको उल्लेख गर्दै उहाँले रेडियोको विकासमा धेरै चुनौती भएको बताउनुभयो । 
     
    पछिल्लो समय भिडियो र अडियो सन्देशले बेतिथि निम्त्याएको भन्दै उहाँले त्यसलाई व्यवस्थित गर्ने काम पनि रेडियोले गर्ने बताउनुभयो। डिजिटल प्लेटफर्मले नराम्रो पाटोपनि सिर्जना गरिसकेको उहाँको भनाई थियो । 
    त्यस्तै, कार्यक्रममा वानका नवनिर्वाचित महासचिव नविनबाबु राईले नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लब नेपाल तथा अध्यक्ष धमलालाई धन्यवाद दिनुभएको थियो । रेडियोको जति हुनुपर्ने विकास नभएको उल्लेख गर्दै उहाँले रेडियोको उजागर गर्ने कार्यमा आफूहरूसँग हातेमालो गर्न नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लब नेपाललाई आग्रह गर्नुभयो। 
     
    यसैगरी, वानका वरिष्ठ उपाध्यक्ष उज्जल चौलागाँईले आफ्नो कार्यकालमा जिम्मेवारी राम्रोसँग पुरा गर्ने वाचा गर्नुभयो । रेडियो र ऋषि धमला पर्यायवाचीजस्तै भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, न त रेडियो सकिन्छ, न त ऋषि धमला दाइको कुरा काट्ने सकिन्छन्, जति कुरा काटेपनि सबैले उहाँकै कार्यक्रम सुन्न प्रतीक्षा गरिरहेका हुन्छन् । त्यस्तै हो रेडियो पनि ।’ नेपाली जनतामा डिजिटल युगमा पनि धेरै समाचारको सूचना सुन्न रेडियो नै खोल्ने गरिएको उहाँको दाबी छ । 
     
    नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशकसमेत रहेका वानका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अधिकारीले वानले उठाउँदै आएको सम्पूर्ण एजेण्डामा नेपाली रेडियो नेटवर्क, प्राइम टेलिभिजन र रिपोर्टर्स क्लब नेपालले सधैं साथ दिँदै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसखालको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     
    भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनबाट अध्यक्षमा कुमार भट्टराईसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । वानको वरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उप महासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित भएका हुन् ।
     
    कुल ३७ सदस्यीय कार्यसमितिमा हरेक प्रदेशबाट एक÷एक जना र बाँकी खुल्ला सदस्य निर्वाचित भएका हुन् । निर्वाचितमध्ये उपाध्यक्ष थापा, महासचिव राई, कोषाध्यक्ष जोशी, सह–कोषाध्यक्ष ढुङ्गाना, सदस्यहरू चक्र कुँवर, बद्री अधिकारी, मधेश प्रदेश संयोजक आशिक अनसारी, बागमती प्रदेश संयोजक गंगा पौडेल, लुम्बिनी प्रदेश संयोजक युवराज बस्याल र लेखा समिति सदस्य सुजन सुवेदी नेपाली रेडियो नेटवर्कमा आबद्ध रेडियोका प्रतिनिधि हुन् ।


    बुधवार, भाद्र ८ २०७९०३:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij