Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दिवंगत प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

दिवंगत प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

  • सोमवार, भाद्र ६ २०७९

  • 448
    SHARES

  • दिवंगत प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

    काठमाडौं । प्रतिनिधि सभाले दिवंगत सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

    गिरी नेपाली कांग्रेस पार्टीबाट वि।सं। २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित हुनुभएको थियो भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।


    सोमवार, भाद्र ६ २०७९०२:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij