Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादीको त्यो निर्देशन प्रदीप गिरिलाई अवरोध नगर्नु

माओवादीको त्यो निर्देशन प्रदीप गिरिलाई अवरोध नगर्नु

  • आइतवार, भाद्र ५ २०७९

  • 2.3K
    SHARES

  • माओवादीको त्यो निर्देशन प्रदीप गिरिलाई अवरोध नगर्नु

    काठमाडौं । तीन वर्ष तीन महिनामात्रै भएको थियो, माओवादीले युद्ध छेडेको । ०५६ वैशाख–जेठको दुई चरण चुनावमा प्रदीप गिरि नेपाली कांग्रेसबाट सिरहामा उम्मेदवार थिए । युद्धको उन्मादमा रहेका माओवादी कार्यकर्ताहरुलाई हेडक्वार्टरले सके चुनाव बिथोल्न, नसके बहिष्कार गर्न सर्कुलर पठाएको थियो ।

    रुकुममा यदु गौतमलगायत उम्मेदवारहरु त्यसैबेला हो मारिएको । उनकी पत्नी तीर्था पछि एमालेबाट सांसद बनिन् । माओवादीको पहिलो तारो कांग्रेस थियो । नारा नै थियो माओवादीको, ‘कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी ।’

    तर ‘कांग्रेस खोजीखोजी’ को बेलामा माओवादी नेतृत्वले आन्तरिक रुपमा सूचना पठाएर प्रदीप गिरिको चुनाव प्रचार अभियानमा दखल नपुर्‍याउन निर्देशन दियो । त्यो सूचना लिएर नेपाल आएका थिए, केन्द्रीय प्रकाशन विभाग प्रमुख मुमाराम खनाल ।

    प्रदीप गिरि माओवादीलाई आतंकवादी नभई राजनीतिक शक्तिकै आँखाबाट हेरिनुपर्ने मत राख्थे । उनी त्यस्तो बेला यो मत दर्ज गरिरहेका थिए, जुन बेला पार्टीका एकछत्र शक्तिशाली नेता गिरिजाप्रसाद कोइराला थिए । अनि कोइराला त्यस बेला माओवादीप्रति वास्तवमै अनुदार । कोइराला प्रधानमन्त्री थिए, जसले आसन्न चुनावका लागि प्रतिद्वन्द्वी मानेका कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने आश्वासनसहित भोट मागिरहेका थिए ।

    भट्टराई चाहिँ माओवादीलाई नरम आँखाले हेर्थे । पछि त उनले माओवादीका मुद्दा सम्बोधन गर्दै समाधान खोज्न शेरबहादुर देउवा नेतृत्वको कमिटी नै बनाए ।


    प्रदीप गिरि किशुनजीका नजिक थिए । हेडक्वार्टरले लिखित सर्कुलर पठाएको होइन, तर हामीलाई प्रदीपजीलाई अवरोध नगर्न प्रष्ट निर्देशन थियो,’ तत्कालीन माओवादी नेता खनालले भने, ‘उहाँको राजनीतिक निष्ठा, अनि हाम्रा मुद्दाहरुलाई हेर्नेबारेमा जुन प्रष्टता थियो, नेतृत्वले त्यसलाई नोट गरेको थियो ।’

    तर गिरिले चुनाव चाहिँ हारे । पछिल्ला चुनावहरु उनी लगालग जितिरहेका थिए । प्रतिनिधिसभा सदस्य भएकै बेला उनको निधन भएको छ ।


    आइतवार, भाद्र ५ २०७९०१:४२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij