Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रदीप गिरिलाई यसरी सम्झिए माधव नेपालले

प्रदीप गिरिलाई यसरी सम्झिए माधव नेपालले

  • आइतवार, भाद्र ५ २०७९

  • 770
    SHARES

  • प्रदीप गिरिलाई यसरी सम्झिए माधव नेपालले

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताउनुभएको छ ।

    आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताउनुभयो ।

    ‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताउनुभयो । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्‍तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रामा हिँडाएको बताउनुभयो ।

    त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले नेता गिरी ज्ञानको भण्डार रहेको बताउनुभएको छ। सानेपामा श्रद्धाञ्जली दिँदै सभामुख सापकोटाले भन्नुभयो, ‘उहाँ ज्ञानको भण्डार नै हुनुहुन्थ्यो ।’ सभामुख सापकोटाले पञ्चायतकालमा सेन्ट्रल जेलमा रहँदा गिरिको अध्ययनशिलताबाट आफु प्रभावित भएको बताउनुभयो । ‘अध्ययनशील र चिन्तनशील हुनुहुन्थ्यो । सबै राजनीतिक पार्टीका नेतासँग राम्रो सम्बन्ध हुन्थ्यो र सम्मानित हुनुहुन्थ्यो’, सभामुख सापकोटाले गिरिको स्मरण गर्नुभयो।


    आइतवार, भाद्र ५ २०७९०१:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij