Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने, प्रचण्डले ल्याए यस्तो प्रस्ताव

माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने, प्रचण्डले ल्याए यस्तो प्रस्ताव

  • शुक्रवार, भाद्र ३ २०७९

  • 746
    SHARES

  • माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने, प्रचण्डले ल्याए यस्तो प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ ।

    शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् ।

    त्यस्तै महासचिव, ७ उपमहासचिव र ९ सचिव हुने छन् । एक कोषाध्यक्ष हुने छन्। वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसक्नुभएको छ ।

    उपाध्यक्ष एक जना मात्रै रहने निश्चित भए पनि २१ जना पदाधिकारी नबढ्ने गरि उपमहासचिव र सचिवको संख्यामा भने हेरफेर हुने सक्ने एक जना स्थायी समिति सदस्यले बताएका छन् ।


    शुक्रवार, भाद्र ३ २०७९०१:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij