Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे सल्लाह र सुझाव दिएको छैन : अधिकारी

एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे सल्लाह र सुझाव दिएको छैन : अधिकारी

  • सोमवार, श्रावण ३० २०७९

  • 850
    SHARES

  • एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे सल्लाह र सुझाव दिएको छैन : अधिकारी

    काठमाडौं, ३० साउन । नेकपा एमालेका नेता खगराज अधिकारीले मुलुकमा फिजीकरण रोक्न राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएको बताउनु भएको छ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भन्नुभयो, “गठबन्धन दलका नेताहरुले आफूलाई संविधान र कानुनभन्दा माथि देखाउनु बेठीक हो ।

    देशलाई नै गम्भीर प्रभाव पार्ने विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमै छ । यो बबाल गर्नुपर्ने विषय नै होइन । नेपालीलाई नागरिकता दिने कुरामा विधेयक सुँड घुसारेर आएको छ । यो फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो ।”

    नेता अधिकारीले एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे कुनै सल्लाह र सुझाव नदिएको पनि स्पष्ट पार्नुभयो।

    उहाँले स्वविवेक प्रयोग गर्नुभएको हो । किनभने उहाँ संविधानको संरक्षक हो । राष्ट्रको अभिभावक हो । कसैले राष्ट्रपति मन नपरेकोे भए अर्कै कुरा हो ।”

     


    सोमवार, श्रावण ३० २०७९०९:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij