Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अब सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने

अब सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने

  • आइतवार, श्रावण २९ २०७९

  • 529
    SHARES

  • अब सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने
    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार(आज) आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताउनुभयो ।
     
    यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।


    आइतवार, श्रावण २९ २०७९०२:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij