Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कर्णालीका नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए शपथ

कर्णालीका नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए शपथ

  • आइतवार, श्रावण २९ २०७९

  • 646
    SHARES

  • कर्णालीका नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए शपथ
    काठमाडौं । कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
     
    प्रदेश प्रमुख तिलक परियारले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शाही गत बिहीबार मन्त्रीमा नियुक्त हुनुभएको थियो ।  यद्यपि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्‍याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो ।  
     
    नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त हुनुभएको हो ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो । 
     
    यद्यपि मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिनुभएको छ ।
     


    आइतवार, श्रावण २९ २०७९१२:२६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij