Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देउवाले आन्तरिक एकता सुदृढ गरेर जान खोजेनन् : गुरुराज घिमिरे

देउवाले आन्तरिक एकता सुदृढ गरेर जान खोजेनन् : गुरुराज घिमिरे

  • शनिवार, श्रावण २८ २०७९

  • 647
    SHARES

  • देउवाले आन्तरिक एकता सुदृढ गरेर जान खोजेनन् : गुरुराज घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टीमा न्यायोचित अवसरका लागि संस्थापन इतरको भेला बोलाएको बताउनुभयो ।
    चौधौं महाधिवेशनपछि पनि पार्टीमा मतभेद घटेर सुमधुर सम्बन्ध कायम हुन नसकेको बताउँदै नेता घिमिरेले पार्टी सभापतिले आन्तरिक एकता सुदृढ गरेर जान खोजेको जस्तो नदेखिएको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले पार्टीका व्यक्तिहरुले न्यायोचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता हुने पनि बताउनुभयो ।

    यस्तै शेखर कोइराला समूह पक्षीय नेताहरुको बैठक पनि आज बस्दै छ । सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै कोइरालाले बैठक बोलाउनुभएको हो ।

    देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार दिउँसो बैठक बोलाएको हो ।
    बैठकमा देउवाविरुद्धको रणनीति तय हुने बताइएको छ । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिनुभयो । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै, पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ ।

    देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समूहको तयारी छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ ।

    कोइराला समूहले सुरूमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै, चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।


    शनिवार, श्रावण २८ २०७९१०:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij