Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटाले होउ यान्छीलाई दिए यस्तो जानकारी...

सभामुख सापकोटाले होउ यान्छीलाई दिए यस्तो जानकारी...

  • शुक्रवार, श्रावण २७ २०७९

  • 723
    SHARES

  • सभामुख सापकोटाले होउ यान्छीलाई दिए यस्तो जानकारी...

    काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटघाट गरेकी छन् ।

    राजदूत यान्छी र सभामुख सापकोटाबीच लैनचोरस्थित सभामुख निवासमा भेट भएको सचिवालयले जनाएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको जनाइएको छ ।

    ‘सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नुभयो,’ सभामुख सापकोटाको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ,‘ सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताउनुभयो ।’

    यस्तै संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा सभामुख सापकोटाले व्यक्त गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

    राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेकी छन् ।


    शुक्रवार, श्रावण २७ २०७९०१:५१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij