Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमालेले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छु : खगराज अधिकारी

एमालेले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छु : खगराज अधिकारी

  • बिहिवार, श्रावण २६ २०७९

  • 3.2K
    SHARES

  • एमालेले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छु : खगराज अधिकारी
    काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा दलहरु एक्ला एक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ । 
     
    अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गर्नुभएको छ ।  
     
    बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उहाँ भन्नुभयो, ‘एक्ला एक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा गर्नुभएको सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’
     
    नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा पनि लगाउनुभयो । ‘एमाले मार्क्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो’ अधिकारीले काँग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाउनुभयो । उहाँले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गर्नुभएको । 
     
    अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् ।
     
    एक्सपर्ट–इम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । सङ्घीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाउनुभयो । 


    बिहिवार, श्रावण २६ २०७९०२:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij