Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चुनावी तालमेलबारे छलफल गर्न बाबुराम र महिन्द्र बालुवाटारमा

चुनावी तालमेलबारे छलफल गर्न बाबुराम र महिन्द्र बालुवाटारमा

  • मंगलवार, श्रावण २४ २०७९

  • 767
    SHARES

  • चुनावी तालमेलबारे छलफल गर्न बाबुराम र महिन्द्र बालुवाटारमा
    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका छन्।
     
    आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन्।
     
    समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मङ्सिर ४ को चुनावमा जान चाहेको छ।
     
    आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्।
     
    समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो । 
     
    ‘चुनावी गठबन्धन लगायतबारे पनि कुरा हुन्छ,’ उहाँले भन्नुभयो। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा हुनुहुन्छ भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ । 
     
    समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ।
     
    जसपा छाडेर बाबुराम र महिन्द्रले नयाँ पार्टी हालसालै गठन गरेका थिए।


    मंगलवार, श्रावण २४ २०७९०५:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij